राजनीति

अवैध संरचना भत्काउने अभियान स्वागतयोग्य छ, यो देशभरी नै चलाउनुपर्छः सांसद चौधरी

०
Banner

काठमाडौं,भदौ १३-

नेकपा एमालेकी सांसद शान्ता चौधरीले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले गरेको कार्यशैलीमा सहमति जनाएकी छन् । अवैध संरचना भत्काउने बालेनको कदमको उनले खुलेर स्वागत गरेकी हुन् । ‘बालेन्द्र शाह र सुनिता डंगोलको टिमले चलाएको काठमाडौँमा नक्शा बिपरितका संरचना हाटाउने अभियान स्वागत योग्य छ, सार्बजनिक हितका यस्ता काम देश भरि नै चलाउनु पर्दछ, यस्ता कार्यमा सबैको साथ् सहयोग होस् ।‘ उनले लेखेकी छन् ।

तर यता एमालेकै सांसद महेश बस्नेत भने बालेनको कदम देखेर एकदमै रुष्ट रहेका छन् । उनले बालेनको समर्थकहरुसँग भिड्न तयार छु भनेर पनि धेरै पटक भनिसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>