चितवन विशेष

भरतपुरको बोष्टन इन्टरनेशनल कलेजमा सूचना प्रविधिसम्बन्धी परियोजना प्रदर्शनी

Banner

चितवन, भदौं १३-

चितवनको भरतपुरस्थित बोस्टन इन्टरनेशनल कलेजले सञ्चार र सूचना प्रविधिको क्षेत्रका परियोजनाहरुको प्रर्दशनी गरेको छ ।

बीसीआईएस आठौं सेमेस्टरका विद्यार्थीलाई लक्षित गरी आइतबार दिउँसो ३ः०० बजे देखि ६ः०० बजेसम्म प्रदर्शनी सम्पन्न भएको हो ।
परियोजनामा आधारित रहेर शिक्षा हासिल गर्ने उद्देश्यका साथ भएको प्रदर्शनीमा ‘मोबाइल एप्लिकेसन–डिजिटल नोट’, ‘ईन्टरप्राइज नेटवर्क’, ‘ई–कर्मश–अर्गानिक पसल’, ‘मोबाइल एप्लिकेसन–भिजिट विथ अस’ र ‘ई–कर्मश विथ एआई–फेसन फिट’ नामक परियोजनाहरुको प्रदर्शनी भएको थियो । प्रत्येक समूहले आफ्नो परियोजनाको प्रस्तुति र डेमो दिएका थिए । यस कार्यक्रममा विभिन्न आईटी क्षेत्रका उद्यमी, विशिष्टका साथै शिक्षक शिक्षिकाहरु अतिथिका रुपमा उपस्थित रहेका थिए । विद्यार्थीहरुले आफूले बनाएको परियोजनाको बिक्री गर्न सक्ने समेत बताएका थिए ।

कार्यक्रममा उपस्थित अतिथिहरुले विद्यार्थीहरूले बनाएका परियोजनाको प्रशंसा गर्दै आगामी दिनहरुमा त्यस परियोजनामा आफूले सहायता प्रदान गर्ने समेत बताएका छन् । कार्यक्रमको अन्त्यमा सम्पूर्ण विद्यार्थीहरु तथा अतिथिहरुको सम्मान गर्दै बोष्टन इन्टरनेशनल कलेजका कार्यकारी निर्देशक राजु लामाले प्रदर्शनीको समापन गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>