राजनीति

ओलीलाई भेटेपछि रवीन्द्र मिश्रले भनेः राजसंस्थाबारे छलफल भयो,एकमुठी सिक्का उपहार दिनुभयो

Banner

काठमाडौं,भदौ १३-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रको भेटवार्ता भएको छ । भेटका क्रममा राजसंस्थाको आवश्यकता लगायतका विषयमा छलफल भएको र अन्तमा ओलीले चुच्चे नक्सा अंकित सिक्का उपहार दिएको मिश्रले बताएका छन् ।

मिश्रका अनुसार उनीहरूबीच आइतबार साँझ ६ बजेपछि ओली निवास बालकोटमा साढे दुई घण्टा छलफल भएको थियो । ‘आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हष्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, उहाँको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्सा पारित गर्नु पूर्व भोगेका जटिलता तथा अन्य कयौँ विषयमा कुराकानी भयो’ मिश्रले लेखेका छन् । भेटको अन्त्यमा ओलीले नेपालको चुच्चे नक्सा अंकित एक र दुई रुपैयाँका एक मुठी सिक्का उपहार दिएको मिश्रले उल्लेख गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>