राजनीति
निर्वाचन बहिस्कार गर्ने वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको निर्णय
०

चितवन, भदौ १३–
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ । भदौ १० देखि १२ गतेसम्म बसेको केन्द्रीय समितिको विशेष बैठकले सक्रिय रुपमा बहिष्कार गर्ने नीति अवलम्बन तथा निर्णय गरेको हो ।
वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थाको विकल्पमा नयाँ जनवादी राज्यसत्ताको स्थापना गरी वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्नुपर्ने उसको ठहर छ । बैठकले अन्य क्रान्तिकारी कम्युनिस्ट पार्टी तथा समूहसित एकता प्रक्रियालाई प्रभावकारी रुपमा अघि बढाउने निर्णय समेत गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























