राजनीति

लमजुङमा पनि ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु

Banner

लमजुङ भदौ १२-

नेपाली कांग्रेस लमजुङले आगामी मसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन लक्षित गरी ‘जनताको साथमा कांग्रेस’ अभियानको औपचारिक सुरुवात गरेको छ । देशभर शुक्रबारदेखि सुरु गर्ने भनिएको अभियान आइतबारबाट लमजुङमा पनि सुरु गरिएको हो ।

लमजुङमा अभियान सुरु गर्दै केन्द्रीय प्रतिनिधि एवं केन्द्रीय सदस्य शंकर भण्डारी मुलुकको दिगो विकास र समृद्धिका लागि कांग्रेसको आवश्यक परेको भन्दै आगामी निर्वाचनको परिणाम कांग्रेसको पक्षमा पार्न अभियान सुरु गरिएको बताए ।

मुलुकको राजनीतिक इतिहासमा ठूला र महत्वपुर्ण परिवर्तनमा कांग्रेसको नेतृत्व रहेको उल्लेख गर्दै नेता भण्डारीले अब देशको विकास र समृद्धिका लागि पनि कांग्रेसको विकल्प नरहेको दाबी गरे ।

कांग्रेस लमजुङका सभापति डा. टकराज गुरुङसहित अभियान सुरुवात कार्यक्रममा सहभागी थिए । कार्यक्रममा अभियानलाई सफल बनाउन जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय समिति, पालिका स्तरीय समिति र अन्य भातृ तथा शुभेच्छुक सँगठनका प्रमुखहरुसँग छलफल तथा अन्तरक्रिया समेत भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>