देश/प्रदेश
राष्ट्रिय सभाले नागरिकता विधेयक छलफलका लागि पठायो समितिमा
०

काठमाडौँ, भदौं १२-
प्रतिनिधि सभाबाट हुबहु पारित भएको नागरिकता विधेयक राष्ट्रिय सभाले समितिमा पठाएको छ ।
राष्ट्रिय सभाले आज विधायन व्यवस्थापन समितिमा नागरिकता विधेयक पठाएको हो ।
आजै बसेको राष्ट्रिय सभा बैठकमा सचिव राजेन्द्र फुँयालले राष्ट्रपतिले पठाएको नागरिकतासम्बन्धी सन्देश सभासमक्ष जानकारी गराएका थिए ।
राष्ट्रिय सभाको अर्को बैठक भदौ १६ गते अपरान्ह ३ बजे बस्ने गरी स्थगित भएको छ । संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक राष्ट्रपतिले सन्देशसहित पुनः संसदमै फिर्ता पठाएकी थिइन् ।
गत भदौ २ मा नागरिकता विधेयक हुबहु पुनः पारित भएको थियो । उक्त विधेयक राष्ट्रिय सभाले भने समितिमा पठाएर छलफल गर्ने भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























