चितवन विशेष

देवघाटमा हुने तीज गीत प्रतियोगितामा १७ वटा समूह दर्ता

Banner

देवघाट, भदौ १२–

बिहानी मिडिया डटकमले महिलाहरूको महान पर्व तीजको अवसरमा मौलिक तीज गीत प्रतियोगिता गर्दैछ ।

दर खाने दिन भोलि (सोमबार) देवघाटमा प्रतियोगिता आयोजना गर्न लागेको आज (आइतबार) पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
अहिलेसम्म १७ वटा समूहले प्रतियोगितामा सहभागी हुने जानकारी गराएको आयोजकले बताएको छ । प्रतियोगितामा सहभागीमध्ये प्रथम हुने समूहलाई नगद १० हजार रुपैयाँ, द्वितीय हुने समूहलाई नगद पाँच हजार र तृतीय हुने समूहलाई नगद तीन हजार पुरस्कारको व्यवस्था गरिएको कार्यक्रम संयोजक अनिल मिश्रले जानकारी दिए ।

प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अमर ‘विरही’ गुरूङ, लोक तथा दोहोरी गायिका चन्द्रा गुरूङ र दोहोरी गायिका भूमिका गिरीले प्रतियोगी समूहको मूल्याङ्कन गर्नेछन् । यसका साथै चर्चित गायक बलबिक्रम थापामगर, रञ्जिता थापामगर, सुवास तिम्सिना, सञ्जय थापामगर, अञ्जु खड्का र शिव थापामगरले गायन प्रस्तुत गर्नेछन् । यस्तै वृन्दा दाहाल र कविता आलेमगरले नृत्य प्रस्तुत गर्नेछन् भने सागर गाहामगरले हाँस्य व्यङ्ग्य प्रस्तुत गर्नेछन् ।

प्रतियोगितामा सहभागी हुने समूहले मौलिक, सामाजिक एवम् सांस्कृतिक परिवेशमा आधारित रहेर आफ्नो प्रस्तुति दिनुपर्ने प्रेस विज्ञप्तिमा उल्लेख छ । बिहानी मिडिया डटकमका अध्यक्ष आशिक रानामगरले प्रतियोगिताको मुख्य उद्देश्य तीजको मौलिकता संरक्षण गर्नु रहेको बताए । ‘पछिल्लो समय तीज पर्व भड्किलो, उछृङ्खल, विकृत बन्दै गएकोले त्यसलाई रोक्नको लागि पनि हामीले मौलिक प्रस्तुतिमार्फत् प्रतियोगिता आयोजना गर्न लागेका हौँ,’ उनले भने, ‘यसबाट मौलिक संस्कृति संरक्षणमा टेवा पु¥याउन सकिन्छ भन्ने लागेको छ ।’

इलाका प्रहरी कार्यालय देवघाटका प्रमुख हरिनारायण श्रेष्ठले सुरक्षा व्यवस्थापन कडा पारिने बताए । आउने प्रतियोगी र दर्शकलाई कुनै असुविधा महसुस नहुने उनको भनाइ थियो । साथै हेल्थ डेक्सको समेत व्यवस्था गरिएको आयोजनकले जानकारी दिएको छ ।
एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान देवघाट गाउँपालिकाभित्र रहेर २०७८ सालमा भएको एसईई परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउन सफल तीन जना विद्यार्थीलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको बिहानी मिडियाले जनाएको छ । अध्यक्ष आशिक रानामगरका अनुसार सामुदायिक विद्यालयतर्फ बज्रयोगिनी मावि देवघाट–५ का सबिना मगर (३.२५) र पार्वती मावि देवघाट–१ का किरण गुरूङ (३.१) तथा गुरूकुलतर्फ महेश संस्कृत गुरूकुलम्का दिग्विजय लामिछाने (३.९५) लाई सम्मान गर्न लागेको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>