चितवन विशेष

सामुदायिक विद्यालयमा शिक्षकको राजनीति,आजदेखि चितवनका विद्यालय एक साता बन्द गर्ने

Banner

चितवन, भदौ १२–

नेपाल विद्यालय कर्मचारी परिषद् चितवनले आजदेखि चितवनका सामुदायिक विद्यालय एक सातासम्म बन्द गर्न निर्देशन दिएको छ । परिषद्ले नेपाल शिक्षक महासंघ तथा आबद्ध घटक संस्थाहरुलाई विज्ञप्ति मार्फत परिषद्को आन्दोलनको कार्यक्रम अन्तर्गत एक साता विद्यालय बन्द गर्न भनेको हो ।

तलबमा विभेद गरिएको भन्दै चरणवद्ध आन्दोलनमा रहेको परिषद्को निर्देशन अनुसार १२ देखि १८ गतेसम्म जिल्लाका सबै विद्यालय बन्द हुने भएको हो । परिषद्को चितवन शाखाले विज्ञप्ति जारी गर्दै देशभर नै आन्दोलनका कार्यक्रम घोषणा भएको भन्दै चितवनको सातै पालिकाका सामुदायिक विद्यालय पनि बन्द हुने जानकारी दिएको छ ।

कर्मचारीहरुले शैक्षिक योग्यता, कार्य दक्षता र क्षमता अनुसार पारिश्रमिक नपाएको भन्दै परिषद्ले आन्दोलन गरिरहेको छ । आन्दोलनको कार्यक्रम सफल पार्नका लागि आवश्यक सहयोग गरिदिन परिषद्ले विज्ञप्ति मार्फत आग्रह गरेको छ । परिषद्ले बन्द कार्यक्रमलाई सहजिकरण गरिदिन सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई पत्राचार समेत गरेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग शिक्षक मन्त्रालय मार्फत भएका सम्झौताहरु कार्यान्वयन गराउन पटक पटक शान्तिपूर्ण ढङ्गबाट माग गर्दा पनि सम्बन्धित निकायले कुनै चासो नदेखाएको भन्दै परिषद् आन्दोलित भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>