देश/प्रदेश

चितवन–३ मा प्रचण्डसँग चुनाव लड्ने नन्दराजको घोषणा, मतदातालाई गद्दारी गरे जेल जाने

Banner

काठमाडौं, भदौं ११-

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा नन्दराज उपाध्यायले चितवन–३ बाट स्वतन्त्र उम्मेद्धवारी दिने घोषणा गरेका छन् ।

आज (शनिबार) रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उम्मेद्धवारी घोषणा गरेका हुन् ।

नेपालमा सत्ता लिप्साको लागि लोकतन्त्रलाई धराशायी पारिएको उनको गुनासो छ । शीर्षस्थ नेताहरुले नै लोकतन्त्र बचाउन भूमिका नलेखेको उनको भनाइ छ । उनले निर्वाचन रुपान्तरणको लागि पनि आफूले आवाज उठाएको विचार राखे ।

सो क्रममा उनले नेताहरुमा विवेकशिलता, मानवता, न्यायशिलता, धर्मता, वाणी शक्ति, बौद्धिक शक्ति, स्मरण शक्ति, कार्यदक्षता, कार्य योग्यता, कार्यकुशलता, भ्रष्टचारमा शून्य सहनशिलता, सदाचारी, सधैं नागरिकप्रति उत्तरदायी भइरहनुपर्ने सुनाए । जनताले अब आफ्नो ब्रम्हदृष्टि जगाउनुपर्नेमा उनको जोड थियो । उनले आफूहरु अब कसैको गुलाम बन्न नहुनेतर्फ सबैलाई सचेत गराए । उनले राजनीति सबै नीतिको मियो भनेको भन्दै आधुनिक लोकतन्त्रमा सुधारिएको लोकतन्त्र भएको बताए ।

उनले आफूले जनतासामू गरेका वाचा पूरा नगरे कारबाही भोग्न तयार हुने सुनाए । उनले सो क्रममा उनले करारनामामा तमसुक पनि सार्वजनिक गर्दै आफूले जितिसकेपछि गद्दारी गरे जेल जाने पनि बताए । उनले आफूले चितवन बदलेर देखाउने भन्दै आफू स्वतन्त्र उम्मेद्धवार भएको भन्दै कुनै दलमा आवद्ध नभएको जीकिर गरे ।

आफू प्रचण्डलाई हराउनको लागि भन्दा पनि विधिलाई प्राथमकिता दिनको लागि भएको सुनाए । उनले भने, ‘मैले पात्र ठीक हुनुप¥यो भनेर पाठ सिकाउनु छ । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता ल्याउनको लागि प्रचण्डको ठूलो योगदान रहेकाले प्रचण्डलाई म सलुट गर्छु ।’ तर, विधि र पद्धतिलाई जिताउनको लागि आफूले चितवन ३ बाट उम्मेद्धवारी दिन लागेको सुनाए । उनले आजबाट आफूलाई नन्दराजमात्रै नाम राखेको बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>