Breaking News

नारायणी नदीमा बहाब उल्लेख्य बढ्ने अनुमान, भारी वर्षाको सम्भावना

Banner

चितवन, भदौं ११-

नारायणी नदीको बहाब आज र भोलि उल्लेख्य बढ्ने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले नारायणीमा पानीको बहाब बढ्न सक्ने भएकोले तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन अनुरोध गरेको हो ।

विभागले नारायणीको सहायक नदीहरुको बहाब बढ्न सक्ने भएकोले सर्तकता अपनाउन अनुरोध गरिएको जनाएको छ । भोलि बाग्मती र लुम्बिनी प्रदेशका नदीहरुमा बहाब बढ्ने र केहीमा आकस्मिक बहाबसमेत हुन सक्ने पूर्वानुमान विभागको छ । देशभरको मौसममा सामान्यदेखि पुर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मध्यमदेखि हल्का वर्षाको भइरहेको छ।

आज दिउँसो चितवनसहित बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भएको छ । राती प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान विभागको छ ।

भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने र तराईका केही स्थानहरूमा तापक्रम बढ्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>