चितवन विशेष

चितवनका विश्लेषक रिमाल भन्छन्ः १० वर्षे विद्रोहका नेतृत्वकर्ताहरु पैसा र परिवारवादमा लागे

Banner

चितवन, भदौं ११-

चितवनका बाम विश्लेषक प्रेम रिमालले १० वर्षे विद्रोहमा सक्रिय व्यक्तिहरुप्रति अहिले सम्मान घटेको बताएका छन् ।

समाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले हिजोको माओवादी विद्रोहीमा आएको विचलनप्रति निराशा व्यक्त गरेका छन् । उनले हिजो जाँडरक्सी, जुवातास विरोधी आन्दोलन चलाउनेहरु आज त्यही नभई नहुने उपभोगवादी आडम्बरमा लागेको आरोप लगाएका छन् । हिजो काम नगरी धन थुपार्नेहरुलाई अपराधि भन्नेहरु आज कमाउने खेलमा एकजुट भएको बताएका छन् ।

उनले फेसबुक स्टाटसमा भनेका छन्, ‘१० वर्षसम्म विद्रोहमा सक्रिय मान्छेहरूप्रति मेरो हार्दिक सम्मान थियो । उनीहरू जाँडरक्सी, जुवातास बिरोधी आन्दोलन चलाउँथे । उनीहरू काम नगरी धन थुपार्नेहरूलाई अपराधि भन्थे । उनीहरू आफू र आफ्नो परिवार होइन, अधिकांश गरिब दुःखीको हितमा लडौं भन्थे । जनवादी अथवा भौतिकवादी संस्कृति निर्माण गरौं पुरातन आदर्शवादी संस्कृतिलाई विस्थापित गरौं भन्थे । आज हे¥यो जाँड रक्सी, जुवातास, उपभोगवादी आडम्बरमा यिनीहरूभन्दा भद्दा अरू छैनन् ।

जसरी पनि कमाउने हो भन्ने सिद्धान्त माथिदेखि तलसम्म एकछत्र छ यिनीहरूमा । पूजापाठ, व्रत आदिमा उनीहरू एकजुट भएर लागेका छन् । क्रान्तिकारी तीजको सुनौलो माहोल देख्दा ऊबेलाको सुन पो हो कि जस्तो लाग्छ । पार्टी कमिटीभन्दा नेता माथि भन्ने विषय संस्थागत छ ।

सम्पति छानवीन गर्ने कुरा उठाउने पार्टी कार्यकर्तालाई कारबाहीको धम्की दिने रहेछन् । उनीहरूले त दुनियाँको जीवनमा परिवर्तन होइन जहानिया शासन र सुखसुविधाको अवसर आफ्नो परिवारलाई पनि मिल्नुपर्छ भनेर जनताका होनहार छोराछोरीलाई बारूदसँगै पड्कन दुरूत्साहन गरेका रहेछन् ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>