राजनीति

बालेनले व्यवसायीलाई आतंकित बनाएको उद्योग वाणिज्य संघको आरोप, महानगरसँग क्षतिपूर्ति माग्ने

Banner

काठमाडौं, भदौ ९-

काठमाडौं महागरपालिकाले व्यवसायीलाई मर्का पर्ने गरी भौतिक संरचना भत्काएको भन्दै उद्योग वाणिज्य संघ काठमाडौंले आपत्ति जनाएको छ । बिहीबार बसेको आकस्मिक बैठकले उक्त क्षतिपूर्ति महानगरपालिकासँग माग्ने निर्णय गरेको छ ।

बैठकपछि संघले जारी गरेको प्रेस विज्ञप्तिमा घरबेटी र महानगरबीचको विवादमा व्यवसायीलाई क्षति भएकोले त्यसको क्षतिपूर्ति महानगरले तिर्नुपर्ने उल्लेख छ । विज्ञप्तिमा संघले महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले व्यवसायीलाई आतंकित बनाएको आरोप समेत लगाएको छ ।

संघले मेयर शाह आफैँ अघि लागेर संरचना भत्काउने काम गर्नु गलत भएको भन्दै महानगरसँग क्षतिपूर्ति माग गर्ने निर्णय गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>