देश/प्रदेश

एकीकृत समाजवादीका सुदूरपश्चिम अध्यक्ष शाहीले पार्टी छाडे

Banner

धनगढी, भदौं ९-

नेकपा (एकीकृत समाजवादी)का सुदूरपश्चिम अध्यक्ष विक्रम शाहीले पार्टी परित्याग गरेका छन् ।

उनले आज (बिहीबार) सामाजिक सञ्जालमार्फत पार्टी परित्यागको घोषणा गरेका हुन् ।

नेकपा (एमाले)बाट विभाजित भएर गत वर्ष बनेको एकीकृत समाजवादीको सुदूरपश्चिम अध्यक्ष शाहीले पार्टी विभाजनले कांग्रेसलगायतका शक्तिलाई बल पु¥याएको पनि बताएका छन् ।

‘२०५४ सालमा वामदेवले फुटबाट पनि शक्ति प्राप्त हुन्छ भन्दै पार्टी विभाजन गराए र थुप्रै मान्छेहरु हौसिँदै उनका पछि लागे । गत वर्ष पनि पुनर्गठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी विभाजन भयो, त्यसको पछि लाग्नेमा म पनि थिएँ’ उनले फेसबुकमा लेखेका छन्, ‘पार्टी विभाजनले कांग्रेसलगायत पश्चिमा पुँजीवादीहरुको नै फाइदा पु¥यायो । त्यसबापत पछुतो र आत्मग्लानी भएको छ ।’ शाहीले विगत ५÷६ महिनादेखि नै पार्टी काम छोडेर निष्क्रिय रहेको भन्दै आजदेखि कुनै दलमा आवद्ध नरहेको घोषणा गरेका हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>