चितवन विशेष
नागरिकता विधेयकलाई राष्ट्रघाती भन्नु पाखण्ड : प्रचण्ड
०

चितवन, भदौ ८–
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकलाई राष्ट्रघाती भन्नु पाखण्डबाहेक अरु केहि नभएको बताएका छन् । बुधबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले केहि पाखण्डीले नागरिकता विधेयकको बारेमा गलत प्रचार गरेको आरोप लगाए ।
नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला अध्यादेशमार्फत ल्याएको विधेयकलाई नै वर्तमान सरकारले संसदमा लगेको उनले दाबी गरे । ‘यो त्यहि विधेयक हो जुन केपी ओली प्रधानमन्त्री हुँदा अध्यादेश मार्फत लगिएको थियो । त्यहि विधेयक संसदमा ल्याउँदा राष्ट्रघाती भन्नुजती बेइमानी र अनैतिकता अरु केहि हुनै सक्दैन ।’ केहि व्यक्तिले नागरिकता विधेयकको बारेमा गलत प्रचार गरिरहेको उनले दाबी गरे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























