राजनीति

अरु पार्टी छाडेर आएका चार जनालाई एमालेले बनायो केन्द्रीय सदस्य

Banner

काठमाडौं,भदौ ७–

नेकपा एमालेको स्थायी कमिटी बैठकले विभिन्न पार्टी छाडेर नेकपा एमाले प्रवेश गर्ने चार जनालाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आज बसेको बैठकले दाङका जीवन गौतम, कपिलवस्तुका वृजेश गुप्ता, काठमाडौका धर्मदत्त देवकोटा र झापाका अमृतलाल राजबंशीलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले आजको बैठकले गरेको निर्णय १० र ११ भदौमा हुने केन्द्रीय कमिटी बैठकमा पेश गरिने बताए । गुरुङका अनुसार आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय, अन्तर्राष्टिय स्तरमा भइरहेका घटना, गठबन्धन सरकारले गरेका क्रियाकलाप, ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन बारे मन्तव्य राखेका थिए ।

यस्तै, बैठकले राजनीतिक प्रतिवेदन बारे छलफल, केन्द्रीय कमिटीको तेस्रो बैठकले गरेका निर्णय अनुमोदन, निर्वाचन मस्यौदा कार्यदलले गरेको काममाथि छलफल, निर्वाचन परिचालन कमिटीको जिम्मेवारी बारे पनि चर्चा गरेको छ । बैठकले पार्टीको वार्षिक बजेट पनि पास गरेको प्रचार विभाग प्रमुख गुरुले बताए ।

गुरुङका अनुसार अहिले नेकपामा प्रवेश गर्नेको लहर चलेको छ र यो लहरलाई व्यवस्थापन र उनीहरूको विवरण दुरुस्त गर्ने निर्णय पनि गरेको छ ।

आजकै बैठकले केन्द्रीय सल्लाहकारमा तीन जनालाई मनोनयन गरेको छ । काठमाडौंका कुलभक्त शाक्य, कास्कीका डिबी नेपाली र बाग्लुङका नवराज पौडेल केन्द्रीय सल्लाहकारमा मनोनयन भएका हुन् ।

बैठकले उम्मेदवार छानोटको प्रक्रिया र मापदण्डसम्बन्धी प्रस्ताव केन्द्रीय कमिटीको आगामी बैठकमा पेश गर्ने निर्णय पनि गरेको छ ।

हाल नेकपा एमालेमा आठ लाख ५५ हजार सात सय ५३ जना पार्टी सदस्य रहेको र यसमध्ये ५२ हजार पाँच सय ५० जनाको पार्टी सदस्यता नम्बर दोहोरिएको फेला परेको छ । यसलाई व्यवस्थापन गर्ने निर्णय पनि भएको छ ।

बैठकमा गण्डकीबाहेक ६ प्रदेशका इन्चार्जहरूले अहिलेको शक्ति सन्तुलनको स्थिति र आ–आफ्ना प्रदेशमा पार्टी संगठनको गतिविधि कस्तो छ भनेर उनीहरूले रिर्पोटिङ गरेका छन् ।

स्थायी कमिटीका १३ जना सदस्यले पार्टी अध्यक्षको भनाइप्रति मन्तव्य राखेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>