Breaking News

विकासको मोडल हेर्न भरतपुर आउने बढे, पश्चिम चितवन विकासको केन्द्र बनेको छ: मेयर दाहाल

Banner

चितवन, भदौ ७-

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राप्ती नदी नियन्त्रणको काम छिट्टै सुरु हुने बताएकी छन् ।

पश्चिम चितवन निर्माण व्यवसायी संघको नवनिर्मित भवन तथा प्रथम अधिवेशनको उद्घाटन गर्दै मेयर दाहालले राप्तीको तटबन्धको काम भएसँगै भरतपुरमा हुने नदी कटानको समस्या दीर्घकालिन रुपमा समधान हुने उल्लेख गरिन् ।

नारायणी तटबन्धको काम चार वटा प्याकेजमा ठेक्का भई काम सुरु भएकाले अब राप्ती नदी नियन्त्रणको लागि महानगरपालिका अगाडि बढेको मेयर दाहालको भनाइ छ । राप्ती नदी नियन्त्रणको काम भएपछि पश्चिम चितवनका नागरिकको ४० औँ वर्षदेखि समधान हुन नसकेको समस्या समधान हुने उनको तर्क थियो । ‘पश्चिम चितवन भरतपुरको विकास केन्द्र बनेको छ,’ उनले भनिन्,‘विकासको मोडल हेर्न भरतपुर आउने क्रम बढेको छ । विकासको कामलाई चुस्त बनाउन निर्माण व्यवसायीको भूमिका महत्वपूर्ण हुन्छ ।’

मेयर दाहालले संघले साना–ठूला निर्माणको काम गरेर गुणस्तरीय सेवा प्रवाह गरेको बताउँदै संघलाई महानगरपालिकाले आवश्यक सहयोग गर्ने बताइन् । मेयर दाहालले निर्माण व्यवसायीलाई गुणस्तरीय र समयमै निर्माण कार्य सम्पन्न गर्ने परिपाटीको विकास गर्दै अगाडि बढ्न सुझाव दिइन् । महानगरले विगत ५ वर्षमा व्यवस्थित र ठूला सडक सञ्जाल निर्माण गरी चमत्कारिक फड्को मारेको उनको भनाइ थियो । पश्चिम चितवनको कृषि क्षेत्रमा अधुनिकीकरण गर्न विभिन्न अनुदानको कार्यक्रमका साथै सिंचाइका लागि सयौँको संख्यामा स्यालो ट्युबेल तथा डिप बोरिङ वितरण गरिएको जानकारी दिए ।

प्रमुख दाहालले सिँचाइको प्रयोग गरी सुख्खा जमिनमा १२ महिना खेती गर्न सक्ने बनाइएकाले अधिकतम उत्पादन वृद्धि गर्न कृषकहरुलाई आग्रह गरिन् । कार्यक्रममा वडा न २५ का अध्यक्ष छविलाल सापकोटाले व्यवसायिक संघले पश्चिम चितवन क्षेत्रमा उत्कृष्ट काम गरी यस क्षेत्रका उपभोक्ताहरूको मन जित्न सफल भएको बताए । संघलाई वडा कार्यालयको तर्फबाट स्वरोजगार व्यावसायीहरूको क्षमता विस्तारमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा भवन निर्माणमा सहयोग पु¥याउने दाताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम संघका अध्यक्ष धनिराम महतोको अध्यक्षतामा भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>