देश/प्रदेश

बीमाको लोभले टिपरमा आगजनी गरेको आशङ्कामा चालक र सह-चालक पक्राउ

Banner

दाङ,भदौं ७-

नेपाल बन्दको मौका छोपेर चालक र सहचालकले नै टिप्परमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। चालक राप्ती गाउँपालिका- ८ पिपरी निवासी ३२ वर्षीय अरुण चौधरी र सहचालक गढवा गाउँपालिका- ७ चन्दनपुर निवासी १७ वर्षीय आकाश चौधरीले आफैले टिप्परमा आगो लगाएको खुलेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले बताए।

‘बन्दको मौका छोपेर लाभ उठाउने गरी आफैले आगजनी गरेको खुल्यो’, उनले भने, ‘बिमा दाबी गर्न आफैले आगो लगाए।’ घटना शंकास्पद भएपछि प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको थियो। घोराही-लमही सडकखण्डअन्तर्गत बबई पुल नजिकै रा १ ख १६९४ नम्बरको टिप्परमा भएको आगजनी शंकास्पद भएपछि प्रहरीले दुवैजनालाई नियन्त्रणमा लिएको थियो।

दुई दिनसम्म गोग्लीको ग्यारेजमा राखिएको टिप्पर बिहानै आगजनी भएको खबर पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। टिप्पर चालकले ५/६ जनाको समूहमा आएका बन्दकर्ताले आगजनी गरेको बताएका थिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>