राजनीति
सिट बाँडफाँट गर्न सत्ता गठबन्धनको बैठक बस्दै
०

काठमाण्डौ, भदौ ७-
सत्ता गठबन्धनको बैठक बस्दैछ ।
दिउँसो ३ बजे बस्ने बैठकमा पाँच दलका शीर्ष नेताहरुबीच प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा सिट बाँडफाँटबारे छलफल हुनेछ । यसअघि पनि सिट बाँडफाँटका विषयमा पटक पटक छलफल भए पनि निष्कर्ष निस्कन सकेको छैन ।
सिट बाँडफाँटका लागि कार्यदल बनाए पनि त्यसले टुङ्गो लगाउन सकेको छैन । सिट बाँडफाँटबारे छिट्टै टुङ्गो लगाउने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनु भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























