राजनीति
एमालेको निर्वाचन केन्द्रित बैठक आजदेखि सुरु
०

काठमाडौं, भदौ ७-
नेकपा एमालेले निर्वाचन केन्द्रित योजना बनाउनका लागि पार्टीका विभिन्न कमिटीका बैठक आजदेखि सुरू गर्ने भएको छ।
मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आवश्यक रणनीति बनाउन एमालेले बैठक गर्न लागेको हो।भदौ १२ गतेसम्म स्थायी, पोलिटब्युरो, केन्द्रीय कमिटी बैठक र केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक भइसक्ने एमालेले जनाएको छ।
आज स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्दैछ। एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालकाअनुसार भदौ ७ गते स्थायी कमिटी बैठक, भदौ ९ गते पोलिटब्युरो बैठक, भदौ १० र ११ गते केन्द्रीय कमिटी बैठक बस्दैछ।
यस्तै भदौ १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक बस्ने उनले बताए। एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी बनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























