देश/प्रदेश

दाङमा बन्दकर्ताले बिहानै गरे सवारीसाधनमा आगजनी

Banner

दाङ, भदौ ७–

बन्दकर्ताले दाङमा बिहानै सवारीसाधनमा आगजनी गरेका छन्। घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिपरमा बिहान बबई खोलाको पुल नजिक बन्दकर्ताले आगजनी गरेका हुन्।

चारपाँच जनाको समूहमा रहेका व्यक्तिले टिपरको अघिल्लो भागमा आगो लगाएर भागेका थिए। आगजनीका कारण टिपरको अघिल्लो भाग जलेको छ। घटनास्थलमा प्रहरी पुगेको र आगजनीमा संलग्नको खोजी सुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

विप्लव नेतृत्वको नेकपासहित चार क्रान्तिकारी कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरेका हुन्। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुति र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>