राजनीति

चुनाव लगत्तै प्रचण्ड र माधव नेपालको पार्टी एकता, चुनावमा एउटै घोषणापत्र बनाउने

Banner

काठमाडौं, भदौ ७–

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सकिए लगत्तै नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी बीच पार्टी एकता हुने भएको छ । त्यसको लागि दुई दलले गृह कार्य सुरु गरेका छन् ।
ललितपुरको हात्तिवनस्थित प्रचण्डको नातेदारको घरमा सोमबार भएको छलफलमा दुवै तर्फका नेताहरू एकताको औपचारिक प्रक्रिया अगाडि बढाउन तयार भएका हुन् ।

छलफलमा सहभागी एक नेताका अनुसार, ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव लगत्तै एकता गर्ने गरी गृहकार्य सुरु गर्न नेताहरु तयार भएका छन् । त्यसका लागि दुई वटा काम तत्काल अगाडि बढाउने निर्णय भएको छ ।

‘आज भोलिमा नै एकता संयोजन समिति गठन हुन्छ र एकताको अवधारणापत्र तयार हुन्छ’, ती नेता भन्छन् । एकता संयोजन समितिमा दुवै दलबाट पाँच÷पाँच जना रहनेछन् । त्यो समितिको नेतृत्व दुवै दलका अध्यक्षले गर्नेछन् ।

भदौ १ मा बसेको एकीकृत समाजवादीको सचिवालय बैठकमा नेताहरुले अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल नै एकता संयोजन समितिमा बस्नुपर्ने सुझाव दिएका थिए । त्यसैअनुसार, माओवादी केन्द्रबाट पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा संयोजन समिति बनाइनुपर्ने तर्क उनीहरुको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>