देश/प्रदेश
नेपालमा संक्रिय संक्रमितको संख्या चार हजार भन्दा धेरै, आज एक जनाको मृत्यु
०

काठमाडौँ, भदौ ६
नेपालमा आज एकै दिन ६५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ३८१ पीसीआर परीक्षणमा र तीन हजार २६२ एन्टिजेन परीक्षण गर्दा ६५८ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै ४५६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर चार हजार २९६ जना सक्रिय संक्रमित रहेका छन् ।
जसमध्य ४ हजार १३४ जना होम आइसोलेसनमा, १६२ जना संस्थागत आइशोलेशन र ५० जना आईसीयूमा रहेका छन् । यस्तै १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























