देश/प्रदेश

सिद्धार्थनगरमा अपांगता परिचयपत्र वितरण

Banner

भैरहवा, भदौ ६-

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका भित्र रहेका अपाङ्गता भएका मानिसलाई परिचयपत्र वितरण गरिएको छ । स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै चार प्रकार क, ख, ग, घ मा वर्गीकरण गरी अपांगता परिचयपत्र वितरण गरेको नगर उपप्रमुख एवं अपाङ्गता परिचयपत्र वितरण समन्वय समितिको संयोजक उमा अधिकारीले बताइन् ।

ुशारीरिक रुपमा अशक्त भएपनि राज्य वा अन्य कुनै निकायबाट सेवा सुविधा प्राप्तिका लागि उनीहरूसँग कुनै आधार थिएन्, संयोजक अधिकारीले भनिन्, वितरण गरिएको परिचयपत्रले उनीहरूलाई सहज हुने विश्वास लिएका छौँ ।

अपाङ्गता परिचय पत्रका लागि उनीहरूले अपांगता परिचयपत्र वितरण समन्वय समितिमा निवेदन दिएपश्चात चिकित्सक समेत रहेको समितिले परिचय पत्रका लागि सिफारिस गर्ने गरेको छ । सिफारिसपश्चात् फोटोसहितको परिचयपत्र नगरपालिका कार्यालयले वितरण गर्ने गरेको उनले बताइन ।

समितिका सदस्य सचिव विवेककुमार खनालका अनुसार अपाङ्गता परिचय पत्रका लागि समितिमा ३८ वटा निवेदन परेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>