Breaking News

मृत्यु भएको व्यक्तिलाई जीवित बनाएको भन्दै भ्रम फैलाउने पास्टर पक्राउ

Banner

बुटवल, भदौं ६-

‘मृत्यु भएको व्यक्तिलाई जीवित बनाएको’ भन्दै भ्रम फैलाएको आरोपमा बुटवलको एक चर्चका पास्टर पक्राउ परेका छन् ।

सोमबार बिहान बुटवल उपमहानगरपालिका–११ बुद्धनगरबाट पास्टर राजेन्द्र गोतामेलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । आइतबार सामाजिक सञ्जालमा एक जना मृतकलाई जीवित बनाएको भन्दै भिडिओ सार्वजनिक भएको थियो । उनले सो भिडिओ भने अहिलेको नभएको बताएका छन् ।

‘पुरानो हो भनेका छन् । यो यहाँको पनि होइन लमजुङ हो कि लुम्बिनीको हो भनेर भनेका छन्,’ प्रहरी नायब उपरीक्षक केसीले भने।

उनीमाथि के–कस्तो मुद्दामा अनुसन्धान गर्ने बुझ्न जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा लगिएको छ । त्यहाँबाट आदेश भएअनुसारकै मुद्दा चलाइने उनले बताए । रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले यसरी भ्रम फैलाउनु दण्डनीय भएको बताउँदै यसबारे थप अनुसन्धान अघि बढाउने बताएका थिए ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा बुटवलको होली क्यालभरी चर्चका पास्टरले मृत व्यक्तिलाई पुनः जीवित गराएको भनिएको छ । विवेक सत्याल नामका फेसबुक प्रयोगकर्ताले सार्वजनिक गरेको भिडिओमा भुइँमा सुतेकी (मृत भनिएकी) महिलालाई एक पुरूषले केही शब्दहरू भन्दै हातले तानेर उठाएको देखिन्छ ।

भिडिओमा पास्टर भनिएका राजेन्द्र गोतामेले ’प्रभु यशुको प्रभावले मृत्यु भएकी महिलालाई पुनः जीवित गराएको’ भन्दै ‘यशुलाई धन्यवाद दिन’ भनेका छन् । गोतामेसँगै वरिपरि केही महिला तथा पुरूषहरूले समेत केही भन्दै गरेको भिडिओमा देखिन्छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>