देश/प्रदेश
सिद्धार्थ क्यापिटलका म्युचुअल फन्डहरूको नगद लाभांश सुरक्षित गर्ने अन्तिम मौका
०
काठमाडौं, भदौ ६-
सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालित ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२’ र ‘सिद्धार्थ इक्विटी फन्ड’ को नगद लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन हो ।
दुवै फन्डको लाभांश प्रयोजनका लागि मंगलबार (भदौ ७ गते) बुक क्लोज गर्दैछन् । तसर्थ, आजसम्म कायम रहने इकाईधनीहरूले मात्र प्रस्तावित प्रतिफल पाउनेछन् ।
आर्थिक वर्ष २०७८/७९ को नाफाबाट इन्भेष्टमेन्ट ग्रोथ स्कीमका इकाईधनीहरूलाई करसहित १० प्रतिशत र इक्विटी फन्डका इकाईधनीहरूलाई करसहित ९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























