देश/प्रदेश
उपत्यकाकाको सडकमा थुपारीएको फोहर भोलि सम्म सबै उठने
०

काठमाडौँ, भदौ ६-
काठमाण्डौ उपत्यकाकाको सडकमा थुपारीएको फोहर काठमाण्डौ महानगरपालिकाले भोलि सम्म उठाउने भएको छ । बञ्चरेडाँडामा फोहर विसर्जन गर्न कुनै अवरोध नभए पछि थुप्रिएका फोहर महानगरपालिकाले धमाधाम उठाउन थालेको हो ।
महानगरपालिकाका प्रवक्ता नविन मानन्धरका अनुसार उपत्यकाका सडकमा थुप्रिएका फोहर उठाउन महानगरले नेपाल रेडक्रस सोसाइटी काठमाण्डौ शाखासँग सहकार्य गरेको छ ।
अहिले काठमाण्डौको कमलादीमा क्षेत्रका सडकमा थुपारेर राखेका फोहर हटाइँदैछ । यस्तै, आजै कमलपोखरी क्षेत्रका फोहर पनि सङ्कलन गरिनेछ । भोलि छुटेका ठाउँहरुको अनुगमन गरी फोहर उठाइने उहाँले बताउनुभयो । महानगरपालिकाले अहिले कुहिने र नकुहिने फोहरलाई सडकबाट नछुट्याइ उठाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























