अर्थ
नेपाल फाइनान्सको ११ लाख कित्ता सेयर लिलामी भर्ने आज अन्तिम मौका
०

काठमाडौं, भदौ ६-
नेपाल फाइनान्सको ११ लाख ३४ हजार ७१६.१८७ कित्ता सेयर लिलामी भर्ने सोमबार (६ भदौ) अन्तिम दिन हो । सोमबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यस लिलामीमा कम्पनीका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।
न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीले यसअघि असार १७ गतेदेखि २४ गतेसम्म संस्थापक समूहको ११ लाख ३६ हजार ७१६.१८७ कित्ता र सर्वसाधारण समूहको ३ लाख २ हजार ६९६.२७५ कित्ता सेयर लिलामीमार्फत बिक्री गरेको थियो ।
तर, सो समयमा बिक्री नभएको संस्थापक समूहको बाँकी सेयर कम्पनीले फेरि लिलामीमा ल्याएको हो । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























