देश/प्रदेश

मृत्यु भएको व्यक्तिलाई चर्चमा जीवित गराइएको भ्रम छर्नेलाई कारवाही गरिने

Banner

बुटवल,भदौं ६-

मृत्यु भएको भनिएको व्यक्तिलाई बुटवलको एक चर्चमा जीवित गराइएको भन्दै सामाजिक सञ्जालमार्फत् भिडिओ सार्वजनिक भएपछि रूपन्देही जिल्ला प्रशासन कार्यालयले यसबारे अनुसन्धान गर्ने भएको छ। रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले यसरी भ्रम फैलाउनु दण्डनीय भएको बताउँदै यसबारे थप अनुसन्धान अघि बढाउने बताए।

भिडिओ सार्वजनिक भएपछि हामीले यसबारे थाहा पायौं। यस्ता काम जोकोहीले पनि गर्नु कानुनी हिसाबले दण्डनीय छ। यसबारे के रहेछ अनुसन्धान हुनेछ,पाण्डेले भने।

सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा बुटवलको होली क्यालभरी चर्चका पास्टरले मृत व्यक्तिलाई पुनः जीवित गराएको भनिएको छ। विवेक सत्याल नामका फेसबुक प्रयोगकर्ताले सार्वजनिक गरेको भिडिओमा भुइँमा सुतेकी (मृत भनिएकी) महिलालाई एक पुरूषले केही शब्दहरू भन्दै हातले तानेर उठाएको देखिन्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>