राजनीति

गुल्मीमा एमालेको २५ वर्षे विरासत तोड्ने दिन नजिकिँदै छः रामकुमारी झाँक्री

Banner

काठमाडौं,भदौं ५-

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले आगामी निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ मा एमालेको २५ बर्ष देखिको विरासत तोड्ने घोषणा गरेकी छन्। आइतबार गुल्मीको सदरमुकाम तम्घासमा पार्टीका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिँदै उनले भनिन्, ‘गुल्मी क्षेत्र नम्बर २ मा हामीले २५ वर्ष पुरानो विरासत तोड्ने दिन नजिकिँदै आएको छ, यसर्थ एक ढिक्का भएर निर्वाचनमा जुट्नुहोस्।’

नेकपा एमालेका नेताहरुलाई इंकित गर्दै उनले भनिन्,‘कसै–कसैलाई आफ्नो विरासत गुम्ने खतरा भएपछि छटपटी सुरु भएको छ। उनीहरुको झुटा आश्वासनले गुल्मीका जनताहरु आजित भए। अब जनताले विकल्प खोजेका छन्। र, त्यसको छिनोफानो मसिर ४ को निर्वाचनले गर्नेछ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>