राजनीति

चिन्तनशील राजनीतिकर्मी गिरीको निधनले मर्माहत : केपी ओली

Banner

चितवन, भदौ ५–

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस नेता प्रदीप गिरीको निधनबाट मर्माहत भएको बताएका छन् । गिरीप्रति श्रद्धासुमन अर्पण गर्दै उनले शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु । उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, ओलीले भनेका छन् ।

उपचारका क्रममा मृत्यु भएका गिरीको आज पशुपतिमा अन्त्येष्टि गरिदै छ । गिरीको मृत्युपछि राष्ट्रपतिदेखि लिएर विभिन्न नेताहरुले श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली राजनीतिले एक असल नेता गुमाएको बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>