चितवन विशेष

युवा संघ चितवनले विस्तारित वैठक र प्रशिक्षण कार्यक्रम गर्ने

Banner

चितवन, भदौ ५–

राष्ट्रिय युवा संघ नेपाल चितवनले भदौ ११ गते वृहत विस्तारीत वैठक र प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । युवा संघको जिल्ला कमिटी, पालिका र वडा कमिटी पदाधिकारीसहितको विस्तारीत वैठक र प्रशिक्षण कार्यक्रम हुन लागेको हो ।

वैठकले जिल्ला कमिटी, पालिका कमिटी र वडा कमिटीका सन्दर्भमा विभिन्न निर्णय गर्ने राष्ट्रिय युवा संघ नेपाल चितवनका संयोजक शंकर अधिकारीले जानकारी दिए ।

संघको केन्द्रीय कमिटी र नेकपा एमाले चितवनको निर्देशन र वागमती प्रदेश कमिटीको प्रथम वैठकको निर्देशन अनुसार कार्यक्रम गर्न लागिएको उनले बताए । कार्यक्रम स्थलबारे पछि जानकारी गराइने उनले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>