चितवन विशेष

राष्ट्रिय भूमि आयोग चितवनले जारी गर्‍यो ३५ दिने सूचना

०
Banner

चितवन, भदौ ४–

राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनले भूमिहिन दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासिका लागि ३५ दिने सूचना जारि गरेको छ ।

जग्गाहरुको स्वामित्व वा दर्ता श्रेस्ता, नक्सा प्रमाणित लगायतका काममा कुनै त्रुटि भएमा आवश्यक कागजात सहित ३५ दिनभित्र जिल्ला समितिको सचिवालयमा निवेदन पेश गर्न आयोगले सूचनामा आग्रह गरेको हो ।

२०७७ अगाडि तत्कालिन भूमि आयोग, कार्यदल र समितिबाट भूमिहिन, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई वितरण गरिएको जग्गाधनीहरुको लागि यो सूचना रहेको आयोगले जनाएको छ ।

जेठ २२ र साउन ३१ गते दुई–दुई पटक ३५ दिने सूचना जारी गरेको छ । अब ३० दिन बाँकी रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>