चितवन विशेष
राष्ट्रिय भूमि आयोग चितवनले जारी गर्यो ३५ दिने सूचना
०

चितवन, भदौ ४–
राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनले भूमिहिन दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासिका लागि ३५ दिने सूचना जारि गरेको छ ।
जग्गाहरुको स्वामित्व वा दर्ता श्रेस्ता, नक्सा प्रमाणित लगायतका काममा कुनै त्रुटि भएमा आवश्यक कागजात सहित ३५ दिनभित्र जिल्ला समितिको सचिवालयमा निवेदन पेश गर्न आयोगले सूचनामा आग्रह गरेको हो ।
२०७७ अगाडि तत्कालिन भूमि आयोग, कार्यदल र समितिबाट भूमिहिन, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई वितरण गरिएको जग्गाधनीहरुको लागि यो सूचना रहेको आयोगले जनाएको छ ।
जेठ २२ र साउन ३१ गते दुई–दुई पटक ३५ दिने सूचना जारी गरेको छ । अब ३० दिन बाँकी रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























