देश/प्रदेश
तातोपानी र रसुवागढी नाका बन्द हुँदा सडन् थाले फलफूल, व्यवसायीलाई अर्ब बढीको घाटा

काठमाडौँ, भदौ ४-
पछिल्लो समय पुनः कोरोना संक्रमण फैलिए पछि चीन सरकारले बन्द गरेको तातोपानी र रसुवागढी नाका कहिले खुल्ने भन्ने अन्योलमा रहेको छ ।
चीनले संक्रमण फैलने जोखिम भएको भन्दै साउनबाटै नेपालतर्फका दुवै तातोपानी र रसुवागढी नाका बन्द गरेको हो । तर पछिल्लो समय दशैं-तिहार लगायतका चाडपर्व नजिकिए पनि नाका कहिले खुल्ने भन्ने अझै अन्योलमा नै रहेको छ ।
पहिलो पटक तीन दिनका लागि भनेर गरिएको लकडाउन विस्तारै लम्ब्याउँदै लगिएको भोटेकोशी चेम्बर आफ कमर्शका अध्यक्षसमेत रहेका व्यवसायी फुनु शेर्पाले जानकारी दिए । उनका अनुसार दुवै नाका एकाएक बन्द भएपछि सामान बोकेर नेपाल आएका सबै गाडीहरु न अघि बढ्नु न पछि फर्कनुको अवस्थामा रहेका छन्
त्यस्तै दशैं-तिहार तथा जाडोका लागि भनेर अर्डर गरिएका लत्ता कपडा, फलफूल र मेशिनरी सामान बाटोमा फसेको छन् । बाटोमा फसेका लत्ता कपडा तथा मेशिनरीको समस्या कहि नभए पनि फलफूल सडेर जान उनको गुनासो छ । त्यस्तै यसरी फलफूल सडदा व्यवसायीलाई अर्ब बढीको घाटा हुने उनको भनाइ छ ।

























