देश/प्रदेश
कांग्रेस नेता गिरिको स्वास्थ्य लाभको कामना गर्न मेडिसिटी पुगे प्रचण्ड
०

काठमाडौँ, भदौ ४-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस नेता प्रदीप गिरिलाई आज भेटेका छन् । उनले गिरिलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका हुन् ।
भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल फर्किएका उनी स्वास्थ्यमा समस्या भएपछि साउन दोस्रो साता मेडिसिटीमा भर्ना भएका थिए । उपचाररत गिरिलाई बिहीबारदेखि नन् इन्भेसिभ भेन्टिलेटर (एनआईभी) मा राखिएको होे ।
त्यस्तै आज (शनिबार) बिहान मेडिसिटी अस्पताल पुगेर अध्यक्ष प्रचण्डले नेता गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर स्वास्थ्य लाभको कामना गरेको उनको सचिवालयले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























