राजनीति
कांग्रेस नेता गिरिको स्वास्थ्यमा आएन सुधार, भेन्टिलेटरबाट निकालियो
०

काठमाडौँ, भदौ ४–
नेपाली कांग्रेसका नेता नेता प्रदिप गिरिलाई भेन्टिलेटरबाट निकालिएको छ । उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि परिवारको आग्रहमा भेन्टिलेटरबाट निकालिएको हो।
गिरिको स्वास्थ्यमा कुनै सुधार नभएपछि उनलाई कम कष्ट होस् भनेर भेन्टिलेटरबाट निकालिएको हो। गिरिको मेडिसिटि अस्पतालमा तीन हप्तादेखि उपचार भइरहेको छ।
अस्पताल स्रोतका अनुसार बिहीबारदेखि उनलाई भेन्टिलेटरमा राखिए पनि स्वास्थ्यमा कुनै सुधार नभएपछि परिवारले अस्पतालसँग भेन्टिलेटरबाट निकाल्न आग्रह गरेको हो।
बिहीबारदेखि उनको स्वास्थ्य अवस्था अत्यन्तै क्रिटिकल बन्दै गएको अस्पतालले जनाएको छ। भारतको मुम्बईस्थित एक अस्पतालमा क्यान्सरको उपचार गराएर नेपाल फर्किएका गिरि लगत्तै मेडिसिटी अस्पतालमा भर्ना भएका थिए। पछिल्लो समय उनलाई निमोनियाले सताएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























