राजनीति
कांग्रेस नेता प्रदीप गिरीको अवस्था गम्भिर, भेन्टिलेटरमा उपचार हुँदै
०

काठमाडौँ, भदौ ४–
नेपाली कांग्रेसका नेता प्रदीप गिरीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । अस्वस्थ भएर ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत गिरीलाई हिजो भेन्टिलेटरमा सारिएको हो । उनको अवस्था गम्भीर रहेको र सुधारको आशासहित उपचार भइरहेको अस्पतालले जनाएको छ ।
नेता गिरीको अवस्था गम्भीर बन्दै गएपछि कांग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुकहरुले शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रार्थना सभा पनि गरेका छन् ।
हिजो मेडिसिटी अस्पतालमै प्रार्थना सभा भएको थियो । नेता गिरिको स्वास्थ्य अवस्थाबारे बुझ्न हिजो मेडिसिटी गएका कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले गिरीको स्वास्थ्यलाभका लागि सबैसँग प्रार्थना गर्न आग्रह गरेका थिए ।
नेता गिरीको घाँटीमा क्यान्सरसँगै निमोनिया पनि देखिएको छ । उनलाई साउन दोस्रो हप्ता मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























