राजनीति

नेकपा एसले नैतिक आचरण राम्रो भएका र जनतामा लोकप्रियलाई मात्रै उम्मेदवार बनाउने

Banner

काठमाडौं,भदौं ३-

नेकपा (एकीकृत समाजवादी) ले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवम् छनोट गर्न यही भदौ १० गतेभित्र जिल्ला कमिटीमा सिफारिस गरिसक्न निर्देशन दिएको छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र तथा प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटीले निर्धारित समयमा गरेको सिफारिसलाई सम्बन्धित जिल्ला कमिटीले भदौ १२ गतेभित्र प्रदेश कमिटीमा सिफारिस गर्नुपर्ने छ । पार्टीका महासचिव डा. बेदुराम भुसालका अनुसार ती सिफारिस भएका नामलाई प्रदेश कमिटीले भदौ १५ गतेभित्र केन्द्रमा सिफारिस गर्ने र केन्द्रीय कमिटीले भदौ २० गतेभित्र उम्मेदवारको अन्तिम निर्णय गरिने छ । केन्द्रले उम्मेदवार छनोटका लागि औपचारिक तथा अनौपचारिक रूपमा प्रक्रिया सुरु गरिसकेको छ ।

पार्टीको कार्यदिशा, नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको नेता तथा कार्यकर्तालाई उम्मेदवार बनाइने छ । पार्टी सङ्गठन निर्माणमा सक्रिय भूमिका खेलेका र योगदान गरेको, पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ, आर्थिक एवम् नैतिक आचरण राम्रो रहेको, जनतामा स्थापित एवम् लोकप्रिय, स्वच्छ छवि भएको र सुशासनको पक्षपाती, कार्यक्षमता राम्रो भएको तथा सक्रिय र समावेशीताको सिद्धान्तअनुसार उम्मेदवार छनोट गरिने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>