अन्तर्राष्ट्रिय

फिनल्यान्डकी प्रधानमन्त्री रक्सी खाँदै रमाइरहेको भिडियो भाइरल

Banner

एजेन्सी,भदौं ३-

फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले रक्सी खाँदै आफ्ना साथीभाइसँग रमाइरहेको भिडियो भाइरल भएको छ । भाइरल भएको भिडियोमा प्रधानमन्त्री मरिनले रक्सी खाएर नाच्दै र गाउँदै गरेको देख्न सकिन्छ । भिडियोमा फिनल्यान्डका सेलिब्रेटीहरूलाई पनि देख्न सकिन्छ । भिडियो भाइरल भएसँगै उहाँको आलोचना भइरहेको छ भने विपक्षी नेताले त लागुऔषध खाएको हो वा होइन भनेर जाँच गरिनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री मरिनले भने आफूले लागुऔषध नखाएको बताउँदै नाच्न र रमाउन पाउनु वैधानिक भएको प्रतिक्रिया दिनुभएको छ । ३६ वर्षीया प्रधानमन्त्रीले यसअघि पनि पर्व र क्लबमा धेरै समय बिताएको भन्दै निकै आलोचना सामना गर्नुपरेको थियो । मरिन ३४ वर्षको उमेरमा सन् २०१९ मा प्रधानमन्त्री बन्नुभएको थियो । केही अघिसम्म उहाँ विश्वकै कान्छी सरकार प्रमुख हुनुहुन्थ्यो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>