अर्थ
‘सच्याइएको’ चेक बाउन्स मुद्दामा कांग्रेस प्रदेश क्षेत्रीय सभापति पक्राउ
०

भक्तपुर, भदौ ३
चेक बाउन्सको मुद्दामा नेपाली कांग्रेसका प्रदेश क्षेत्रीय सभापति उद्धवबहादुर खड्का पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरले नेपाली कांग्रेस काठमाडौं २ (ख) का प्रदेश सभापति उद्धवबहादुर खड्कालाई बिहीबार साँझ पक्राउ गरेको हो ।
भक्तपुर प्रहरीका अनुसार पुरुषोत्तम पाण्डेले दिएको चेक बाउन्सको उजुरीका आधारमा खड्का गोठाटारबाट पक्राउ परेका हुन् ।
सभापति खडकाले पाण्डेलाई तिर्नुपर्ने ३४ लाख ५० हजार रकम नतिरी उल्टै धाकधम्की दिई हिँडेको भन्दै प्रहरीमा उजुरी परेपछि बिहीबार साँझ उनलाई पक्राउ गरिएको हो । खड्कामाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
८ यसअघि प्रकाशित समाचारमा कांग्रेस प्रदेश क्षेत्रीय सभापति हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























