गण्डकी

तनहुँमा माछा मार्ने क्रममा करेन्ट लागेर बाबु–छोराको मृत्यु, आमा घाइते

Banner

तनहुँ, भदौ ३-

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा बाबु–छोराको मृत्यु भएको छ ।

पाल्पाको निस्दी गाउँपालिका–५ घर भई शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा बङ्गुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र उनको नौ महिनाको छोरा आदि ब्याम्बोको मुत्यु भएको हो । उनीहरुको त्रबहादुर र आदिको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा गएराति मृत्यु भएको थियो ।

त्यस्तै उनको १९ वर्षीया श्रीमती दिलमाया ब्याम्बो भने करेन्ट लागेर घाइते भएकी प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>