राजनीति

माओवादी महासचिवमा गरे ७ नेताले दाबी

०
Banner

काठमाडौं, भदौ ३-

पार्टी कार्यालय, पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकमा नेकपा माओवादी केन्द्रको महासचिवमा ७ नेताले दाबी पेश गरेका छन् । बैठकमा देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्ति बस्नेत र पम्फा भुसालले महासचिवमा आफ्नो पनि दाबी रहेको बताएका हुन् ।

नेताद्वय वर्षमान र जनार्दनले आफूहरुको कारण पदाधिकारी नटुंगिएको भन्ने सन्देश गएको भन्दै छिटो टुंग्याउन आग्रह गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>