देश/प्रदेश

उपत्यकामा ३ हजारभन्दा बढी ट्राफिक नियम उल्लंघन गरेका सवारी चालकमाथि कारवाही

Banner

काठमाडौं, भदौ ३ –

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ६ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा बिहीबार कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ६२, लेन अनुशासन पालना नगर्ने ११४, रेड लाइटमा सवारी साधन चलाउने ८२, निषेधित क्षेत्रमा हर्न बजाउने १२२ र नप्वर प्लेट नदेखिने गरी राख्ने ३० जना सवारी चालक छन् ।

यस्तै, २ हजार ५९६ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>