देश/प्रदेश
काठमाडौंबाट २ सय फोहोर बोकेको गाडी सिसडोल पुगेर अड्कियो
०

काठमाडौं, भदौ १ –
काठमाडौंबाट २ सय भन्दा धेरै फोहोर बोकेको गाडी सिसडोल पुगेर अड्किएको छ । आज पनि बञ्चरेडाँडामा स्थानीयले अवरोध गरेकाले सिसडोल पुगेको गाडी अड्किएको हो । काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार स्थानीयको अवरोध भएकोले प्रहरी आईसकेपछि मात्रै फोहोरको गाडी अगाडि बढाउने बताएका छन् ।
‘प्रहरी विना फोहोरको गाडी बञ्चरे पुर्याउन गाह्रो छ । आज पनि आन्दोलनको तयारी गरको भन्ने खबर आएको छ । अब प्रहरी आएपछि मात्रै फोहोरको गाडी अगाडी बढाउनेछौं,’ प्रवक्ता मानन्धरले बताए ।
मंगलबार प्रहरी बल प्रयोग गरेर १ सय ८६ फोहोर फालेको थियो । स्थानीयले गरेको अवरोधलाई चिर्न प्रहरीले हानेको रबर गोलीले लागेर एक जना घाइते भएका थिए । स्थानीयबासिन्दाले आज हिजोभन्दा ठूलो आन्दोलन गर्ने तयारी गरेको बताएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























