राजनीति

एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ : प्रदीप ज्ञवाली

Banner

बागलुङ, भदौ १–

नेकपा (एमाले)का उप–महासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर एमाले चुनावका लागि जनताकोमा जान लागेको बताएका छन्।अहिलेको सरकारले चुनावी मिति तय गर्नु सकारात्मक भएको भन्दै एमाले पाँच वटा रणनीतिक योजनाका साथ जनतासामु जान लागेको उनले बताए।

बागलुङमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले परराष्ट्र नीति, नागरिकता विधेयक, एसपिपी, आर्थिक सङ्कट र भ्रष्टाचारको विषयमा जनतालाई प्रष्ट पार्दै समृद्धिका लागि योजना बनाएर चुनावमा जाने बताए। मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव हुँदैछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>