राजनीति
धरानका मेयर हर्क साम्पाङसंग श्रमदान गर्न प्रचण्ड जाने
०

काठमाडौं,साउन ३१-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धरानमा श्रमदान गर्न जान तयार हुनुभएको छ ।
आज मङ्गलवार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईसँगको भेटमा प्रचण्डले आफू श्रमदानका लागि आउन तयार भएको बताउनुभएको हो । प्रचण्डसँगको भेटपछि मेयर साम्पाङले लेख्नुभएको छ, ‘आज प्रचण्डसँग भेट भयो, मैले उहाँलाई सर्दुखोलामा श्रमदान गर्न आउने निम्तो दिएँ, उहाँले हुन्छ भन्नु भो । हेरौँ कहिले आउनुहुन्छ ?’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























