राजनीति
वामदेवले प्रचण्डलाई भनेः मलाई माओवादी कोटा वा गठबन्धन जहाँबाट भएपनि टिकट दिलाइदिए हुन्छ
०

काठमाडौं,साउन ३१-
नेकपा एकता अभियान सन्चालन गरिरहेका नेता वामदेव गौतमले आफूलाई गठबन्धनबाट सीट दिलाउने कि माओवादीको कोटाबाट दिने भन्ने जिम्मा प्रचण्डलाई रहेको बताएका छन् । माओवादीकै चुनाव चिन्हबाट निर्वाचनमा भाग लिने गरी निर्वाचन आयोगमा संयुक्त दल दर्ता गर्न पुगेका गौतमले गठबन्धनमा सामेल भएको सुनिश्चित भएकाले आफूले माओवादीको चुनाव चिन्ह लिएको बताए ।
गौतमले भने, ‘माओवादीकै कोटाबाट मलाई सीट दिने हो कि गठबन्धनमा कुरा गरेर अलग्गै सीट दिलाउने भन्ने जिम्मा प्रचण्डलाई दिएको छु । उहाँले जसरी हुन्छ मलाई दिने हो । मैले माओवादीको चुनाव चिन्ह प्रयोग गरेको हुँ र माओवादीको गठबन्धनमा गएको हुँ ।’जित सुरक्षित गर्नका लागि उनले माओवादी केन्द्रको चुनाव चिह्नबाट आसन्न निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार भएको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























