राजनीति
नागरिकता विधेयक फेरि राष्ट्रपतिकहाँ पठाउछौं
०

काठमाडौं, साउन ३१-
सरकारले नागरिकता विधेयक जस्ताको तस्तै फेरि अगाडि बढाउने भएको छ।
बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धनको बैठकले नागरिकता विधेयक पुनस् संसदमा पेश गरी प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने सहमति गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले गत आइतबार नागरिकता विधेयक पुनस् संसदमै फिर्ता पठाएकी थिइन्।
‘राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्नुभयो, यो उहाँको संवैधानिक अधिकार हो,’ सत्ता गठबन्धनमा सहभागी एक नेताले भने, ‘अब फेरि संसदमा नागरिकता विधेयक पेश गरेर प्रक्रिया पूरा गरी प्रमाणीकरण गर्न राष्ट्रपतिकहाँ पठाउने सहमति भएको छ।’
यस्तै सत्ता गठबन्धनले सत्य निरूपण तथा मेलमिलाप आयोगका विषयमा सरोकारवालाहरू, मानव अधिकारकर्मी तथा नागरिक समाजका सुझावलाई मनन गरेर विधेयक अगाडि बढाउने निर्णय पनि भएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























