Breaking News
राष्ट्र हितका लागि नागरिकता विधेयक फिर्ता भएको हो,राष्ट्रपतिलाई विवादमा नल्याऔंः एमाले
०

काठमाडौं, साउन ३१ –
नेकपा एमालेले नागरिकता विधेयक फिर्ताबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई विवादमा नल्याउन आग्रह गरेको छ। मंगलबार प्रतिनिधि सभामा बोल्दै सांसद विशाल भट्टराईले आफ्नो अधिकार प्रयोग गरेर राष्ट्रपति भण्डारीले पुनरविचारका लागि नागरिकता विधेयक संसदमा फिर्ता गरेको बताए।
उनले भने,नागरिकताजस्तो संवेदनशील विषयमा राजनीतिक दलहरु विभाजित हुनुहुँदैन। राजनीतिक दलहरुबीच सहमति कायम गरेर नागरिकतासम्बन्धी निर्णय गरौं। राष्ट्रपति भण्डारीले काननुविदहरुसँग बृहत छलफल गरेर राष्ट्र हितका लागि सो विधेयक फिर्ता गरेको उनको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























