देश/प्रदेश
आजको मौसमः बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा वर्षाको सम्भावना
०

काठमाडौं, साउन ३०–
आज देशभर बदली हुने भएको छ । दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति प्रदेश १, मधेश, बागमती र गण्डकीका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।
मंगलबार कर्णाली र सुदूरपश्चिमका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानमा वर्षा हुने ठानिएको छ ।
बुधबार प्रदेश १, बागमती र गण्डकीमा वर्षाको आकलन गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























