देश/प्रदेश

रुपेन्देहीमा गोली चल्यो, एक घाइते

Banner

रुपन्देही, साउन ३०–

अज्ञात समूहले चलाएको गोली लागेर ३१ वर्षका विकास गुरुङ घाइते भएका छन ।

रुपन्देहीको ओमसतिया–४ स्थित वसन्तपुरमा गोली चल्दा गुरुङ घाइते भएका हुन ।

गए राती पौने ९ बजे भएको सो घटनामा घाइते भएका गुरुङको युनिर्भसल मेडिकल कलेजमा उपचार भईरहेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका–१ बेलहिया घर भएका गुरुङलाई गोली प्रहार गरे पछि सो समुहले सिदार्थ कटेजवाट २५ हजार लुटपाट गरेर भागेका छन । गोली प्रहार र लुटपाटमा सलग्नहरुको खोजी जारी रहेको एसपी रविन्द्र रेग्मीले जानकारी दिएका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>